• २०८१ जेष्ठ ११ गते शुक्रवार

एक्सन ले भरिएको ‘पासवर्ड’ ट्रेलर रिलिजमा सन्नी लियोनी पनि ( हेर्नुस् भिडियो )

पढ्न लाग्ने समय : २ मिनेट

भदौ १३, काठमाडौं । एक्सन थ्रिलर जनराको फिल्म ‘पासवर्ड’ को ट्रेलर रिलिज भएको छ ।

सम्पूर्ण छायांकन लण्डन मा गरिएको फिल्ममा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् । सौरभ लामाको छायाँकन रहेको फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । ५ करोड लगानीको ‘पासवर्ड’ गीतमा बलिवुड अभिनेत्री सन्नि लियोनी लाई मात्र ३ करोड दिएको बताइएको छ ।

सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्ममा सन्निको आइटम नृत्यसँगै अभिनय समेत रहेको दाबी निर्माण टिमको रहेको थियो तर रिलिज भएको ट्रेलर मा सन्नी लाई उही आइटम डान्स गरेकै केही क्लिप्स हरु देखाइएको छ । सन्निले नृत्य गरेको आइटम गीत र फिल्मको पोस्टर सार्वजनिक भइसक्दा पनि दर्शकदिर्घामा फिल्मलाई लिएर विभिन्न टिकाटिप्पणी र कौतुहलता बढिरहेको छ ।त्यो कौतुहल्ता यो ट्रेलर हेरेपछी पक्कै मेटिने छ भन्ने हाम्रो ठम्याइ हो ।

सन्नि लियोनले दृश्य दिएको सन्निको नाम जोडिएदेखि नै चर्चामा छ । अर्जुन पोख्रेल को संगीत रहेको र सौरभ लामाको छायाँकन रहेको फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्म भने भाद्र २७ सेप्टेम्बर १३ मा देश भर एक साथ रिलिज हुँदैछ ।

फिल्म को प्रिमिएर शो आउने भाद्र २५ सेप्टेम्बर ११ मा हुने छ , जहाँ सन्नी लियोनी कि पनि उपस्थित रहनेछ।

https://youtu.be/YhLZUCtn7Ls

प्रतिक्रिया दिनुहोस