• २०८१ चैत्र २ गते आइतवार

‘छ माया छपक्कै’ को पहिलो गीत रिलिज , फिल्म असोज २४ मा

पढ्न लाग्ने समय : २ मिनेट
  • बिनोद दर्नाल, खबर24नेपाल समाचारदाता

भदौ १३, काठमाडौं । असोज २४ लाई रिलिज मिती तोकिएको रोहित अधिकारीले आमा सरस्वती मुभिजसँग मिलेर निर्माण गरेको जितु नेपाल, केदार घिमिरे कार्यकारी निर्माता रहेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छ्पक्कै’ को पहिलो गीत रिलिज भएको छ ।

राजेन्द्र थापाको शब्द रहेको गीतमा बसन्त थापा को संगीत र बसन्त थापा र मिना निरौलाको स्वर छ । ४० वर्ष उमेर अन्तरालको प्रेम कथा वाचन गर्ने फिल्म को ‘जुनेली बोल’ को लोक शैलीको गीतमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन् । गीत मा असारे रोपाइको झल्को हुँदै दसैं तिहार को झल्को दिने गरी छायाँकन गरिएको छ । गीतमा दीपकराज र केकीबीच अंकुराउँदै गरेको प्रेमलाई प्रस्ट देखाइएको छ भने , जितु र सुपुष्पाको प्रेम भाव पनि गीतले बोल्छ । जहाँ केदार घिमिरे माग्ने बुढा ले गीत मा केही मजाक नै गरेकाछन । गीत को सुरुवाती मा बुद्दी तमाङ र राजनएे गुरुङ्ग को इण्ट्री गज्जव को छ । निर्देशक दीपेन्द्र लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा साथ दिएकी छिन ।

हरि हुमागाईंको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लले सम्पादन गरेका छन । पहिलो पटक दीपक-दीपाको समुहले बाहिरी ब्यानरसँग सहकार्य गरेर ‘छ माया छपक्कै’ असोज को २४ गते लाई रिलिज मिती तोकिएको छ ।

Q

प्रतिक्रिया दिनुहोस