• २०८१ जेष्ठ ५ गते शनिवार

रौतहटमा बेवारिसे हातहतियार बरामद

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, रौतहट । चन्द्रपुर नगरपालिका-५ स्थित राजपेडा गाउँको भित्री बाटोको बाँसघारीबाट मेड इन इटाली लेखिएको बाह्रबोर एक नाले बन्दुक १ थान, सोको जंगी राउण्ड (कार्टिज) ४ थान र फायर भइसकेको कार्टिजको खोका ४ थान फेला पारी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट तल्लो बजारबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा एक व्यक्ति झोला फालेर फरार भए पश्चात् उक्त झोलामा प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो । फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस