• २०८२ बैशाख १७ गते बुधवार

कुखुरा फर्ममा आगलागी

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १३, महोत्तरी । महोत्तरीको गौशला नगरपालिका–६ फुल्काहामा रहेको  एक कुखुराको फर्ममा शुक्रवार बिहान आगलागी भएको छ ।

आगलागीमा शैलेन्द्र कुमार यादवले सञ्चालन गरेको कुखुरा फर्ममा कुखुराको दाना, चल्ला र फर्म जलेर नष्ट हुँदा २ लाख ५० हजार बरावरको क्षति भएको छ  ।

कुखुरा फर्ममा आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए  । आगलागीपछि इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली घटनास्थल पुगेको थियो  ।

प्रहरीले र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । आगो किन र कसरी लागेको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस