भाद्र १३, काठमाडौं । आज शुक्रबारका साथै बुवाको मुख हेर्ने दिनको अवसरमा चलचित्र मारुनी अल नेपाल रिलिज भएको छ ।
निर्देशक नवल नेपालको निर्देशन ‘मारुनी’ मा सम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र नव नायिका रेविका गुरुङ मुख्य भूमिकामा छन् ।
पूनम गौतमको लगानी रहेको ‘मारुनी’ सँग अरु नेपाली चलचित्र रिलिजमा आएका छैनन् । यद्यपि साउथ सुपरस्टार प्रभासको चलचित्र ‘साहो’ भने आजैबाट रिलिजमा आएको छ । विग बजेटको ‘साहो’ बहुप्रतिक्षित चलचित्र हो ।
‘मारुनी’ सँग भिड्न अन्य नेपाली चलचित्र नआए पनि ‘साहो’ भने थ्रेट बनेको छ । ‘साहो’ का कारण ‘मारुनी’ शो बाड्न बाध्य भएको छ ।