भाद्र १३, काठमाडौँ । बहुचर्चित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा पाइपलाइनको भदौ २४ गते उद्घाटन गर्नुहुनेछ ।
दुवै मुलुकका प्रधानमन्त्रीले भदौ २४ गते ‘हाइटेक’ प्रविधिबाट सो पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुहुने मिति तय भएको पाइपलाइनका परियोजनाका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिनुभयो । उद्घाटनपछि उक्त पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुने जानकारीसमेत उहाँले दिनुभयो ।