साउन १४, काठमाडौं । नेत्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली बन्द गर्ने भएको छ । आफ्ना केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा गिरफ्तारीको बिरोधमा भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आह्वान गरेको जनाएको छ ।
सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने , झुठा मुद्दामा फ़साउदै जेलमा कोच्ने र मुठभेड को नाममा हत्या गर्ने गरेकोले नेकपा आक्रोशित भएको हो ।सरकारको दमन र धरपकड बिरुद्ध भोली बन्द आव्हान गरिएको उक्त पार्टीले जनाएको छ ।
बन्दको आव्हान गर्दै नेकपा प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा २०६२–०६३ सालमा भएको शान्ति वार्ताको नाममा प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसदवादीहरुको यथास्थितिवादी चिन्तन र विदेशी शक्ति केन्द्रको हस्तक्षेपमा देश र जनतामाथि प्रतिक्रान्ति लादियो । यसको विरुद्ध हाम्रो पाटीले निरन्तर सर्घष गर्दै आएको छ ।
पढ्नुहोस विज्ञप्ती