- खिमराज गिरी
साउन १४, काठमाडौं । पहिला पहिला हाम्रो समाजमा धनीभन्दा गरीव मानिसहरु बढि हुन्थे, धनी र गरीवको खाडल एकदमै फरक थियो र धन कमाउनको लागि रोजगारीका अवसरहरु कमै मात्र हुन्थे तै पनि मानिसहरुमा धर्मप्रति आस्था विश्वास थियो, धनीका घर नोकर र चाकरहरुले भरिभराउ हुन्थे ।
गरिवीले पारीवारिक तनाव, धनी मानिसहरुको गरीवप्रतिको हेपाहा प्रवृत्ति आदिले गर्दा एउटा उखान काम लाग्थ्यो कि ”धनीको कुकुर हुनुभन्दा, गरीवको गाई हुनु वेस् ” भन्दै मानिसहरु दैनिकजसो तनावको जिन्दगीमा जेलिएर आत्महत्या गर्न विवस हुन्थे किनकी पहिला पहिला आत्महत्या बढ्नुको कारण गरिवी र पारिवारिक तनाव नै वढि हुन्थ्यो तर अहिले समय परिस्थिति वदलिँदै आयो । मानिसहरु शिक्षित हुँदै गए, रोजगारीका अवसरहरु सृजना भए, कोहि विदेसतिर धन कमाउन जानथाले र मानिसहरुमा कमसेकम परिवार धान्नको लागि केहि पैसाको जोगो पनि हुनथाल्यो र आजभोली दिनहुँजसो विभिन्न समाचार माध्यमहरुमा सुन्नमा आउँछ कि मानिसहरुको आत्महत्याको कहाँनी ।
आत्महत्या गर्नुको पछाडिका कारणहरुमध्ये कसैलाई पारिवारिक तनाव, साथीभाई र इष्टमित्रबाट टाढिनु, भर्खरका केटा केटीवीचको अप्राकृतिक सम्बन्ध, बुढेसकालमा परिवारबाट हेँला र तिरस्कृत हुनु, सोचेजती या मनग्ये धन कमाउन नसक्नु, छिमेकीको रवाफलाई सहन नसक्नु, केहि समयदेखि मानसिक सन्तुलन मिलाउनको लागि औषधि सेवन गरिरहँदा अचानक हेडएक हुनु आदि कारणहरुले मानिसहरु जीवनमा वाँचेर कुनै सार र अर्थ छैन भन्दै मनमा लागेका खुलदुलीहरु सहन नसकी मनलाई शान्ति पार्न आत्महत्याको बाटो रोज्न पुग्छन् तर हाल केहि वर्षदेखि आजसम्म केहि मानिसहरुमा आत्महत्या गर्नुको कारण पत्ता लगाउँदा अचम्म मान्नु अस्वभाविक होइन किनकी नेपालमा क्यान्सरकोरुपमा देखापरेको भ्रष्टाचार रोग हिजोबाट मात्र लागेको होइन । यसको इतिहास पनि विचित्रको छ ।
यो रोग नेपालमा यसरी झाँगिएर गयो कि विगतका कयौं सरकारले पनि यसलाई निर्मुल पार्न सकेनन र अहिले पनि यो कम्युनिष्टको सरकारलाई यसको जरासमेत फाल्नको लागि निकै हम्मे हम्मे परेको छ र खास त गणतन्त्र नेपालको पहिलो प्रजातान्त्रिक चुनावमा ने.क.पा.को झण्डै दुइ तिहाइको सरकार बन्दा केहि कामहरुमा अपजस पाएतापनि केहिमा भने सह्रायिन कामहरु भएका छन् जस्तै सुन काण्डका नाइकेहरु पत्ता लगाउनु, वाइडबडी घोटला, यातायातको सिण्डिकेट कम्सेकम निर्मुल पार्न खोज्नु, अझ मुख्यरुपमा देखापरेको भूमाफियाहरुको भूमीमा चलखेल सम्बन्धमा बालुवाटारको जग्गा काण्डका दोषीलाई कारवाहीको दायरामा ल्याउनको लागि अख्तियारले वयान लिने क्रममा विभिन्न व्यक्तिहरु त्रसीत हूनु र केहिले त आत्महत्यासम्म गर्न पुग्नु, त्रि.वि.जस्तो शैक्षिक क्षेत्रमा मार्कसिटमा नम्वर थपी गोल्ड मेडलिष्ट बन्न खोज्ने शैक्षिक क्षेत्रका दलालहरु पत्ता लगाउनु र तीनले पनि आत्महत्या गर्नु, आदि कामहरुमा विशेषरुपमा अख्तियारले चासो दिएर नै आज कम्सेकम दलालहरु र राजनैतिक क्षेत्रमा लागेका विचौलियाहरु त्रसित भएका छन् र सरकारी पदमा वसेका केहि मानिसहरुले पहिला सातपुस्ताको लागि कमाउदैमा रमाए अहिले दोषी ठहरिने देखेपछि समाजमा अनुहार देखाउन लाज लागेर आत्महत्या जस्तो जघन्य अपराधसम्म गर्न पुगे र यहि तरिकाले सरकारद्धारा आप्mनो र अर्को नभनी भ्रष्ट दलालहरुको खोजी गरी ठूला साना माछा नभनी यस्ता आत्माघाती दलाल भ्रष्टहरुलाई कारवाहीको दायरामा ल्याउने क्रम निश्पक्षरुपमा जारी राख्ने हो भने सोच्नुहोस् कि आगामी चार वर्ष भित्रमा कयौ भ्रष्ट दलालहरु प्नि यसैगरी आत्मदाह गर्न पुगेभने पनि त्यो अचम्मको कुरा हुनेछैन । त्यसैले पहिला पहिला मानिसले गर्ने आत्महत्या र अहिले गरेका आत्महत्यामा फरकै यहि हो कि पहिला समाजमा कुण्ठित हुनपर्र्ने, गरीवी, रोग र भय आदि कारणले आत्महत्याको वाटो रोजिन्थ्यो भने अहिले कुनैपनि लाभको पदमा वस्ने व्यक्तिहरुले पहिला सात पुस्तालाई पुग्नेगरी कमाउने अनि भ्रष्टाचारको अभियानमा अख्तियार लाग्दा आफु परिने कारणले यो समाजमा अपराधी भएर वाँच्नुभन्दा मर्नै वेस सम्झि मृत्युको वाटो रोभ्mने प्रवृत्ति झाँगिदै गएको पाइएको छ ।
तसर्थ गरीव देसको धनी जनता हामी र हाम्रो नियती कहिलेसम्म यो भ्रष्टाचारको रोग पालेर वस्नुपर्ने हो त्यो त अव भविश्यले नै अवश्य वताउनेछ तर देसका हरेक क्षेत्रमा भएका भ्रष्टाचारलाई रोक्न र भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउने र सम्पूर्ण व्यपारी, उद्योगपति लगायत अन्य विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई करको दायरामा ल्याई राज्यको ढुकुटीमा रजाई गरेका भष्ट दलालाहरुलाई तह लगाउने चुनौति एकातिर छ भने अर्कोतिर यदि अहिले निश्पक्षरुपमा भ्रष्ट दलालहरुलाई कारवाही गर्ने हो भने आगामी चुनाव अवसरकोरुपमा परिणत अवश्य हुनेछ तर यसको लागि सरकारले काखाको र पाखाको नभनी, यो पार्टी र उ पार्टी नभनी राजनैतिक हस्तक्षेपको वातावरणबाट टाढा रहि अख्तियारालाई स्वतन्त्ररुपबाट काम गर्न दिनुपर्दछ तव मात्र सरकारको साख सम्पूर्ण जनतामा रहिरहन्छ र आत्महत्या गर्नेले गरिरहन्छन् ।
मध्यनेपाल नगरपालीका २,
हाल काठमाण्डौ
९८५११९२०८८