• २०८० मङ्सिर १६ गते शनिवार

दृष्टिबिहिन मैत्री बातावरण बनाउछौ ‐ उपप्रमुख साबित्री मल्ल

पढ्न लाग्ने समय : २ मिनेट
  • भावना हमाल, दैलेख समाचारदाता

साउन १४, दैलेख । नारायण नगरपालिकाकी उपउप्रमुख सावित्री मल्लले दृष्टि बिहिन भएका व्यक्तिहरुका लागी नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमबार जिल्ला सदरमुकाम दैलेखमा आयोजना गरिएको दृष्टीबिहिन मैत्री स्थानिय शासन प्रणाली तथा अपाङ्गता समाबेशिकरण सम्बन्धि जनप्रतिनिधीहरुको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले नगरपालिकामा मात्र नभएर जिल्लाभर निर्माण हुने सरकारी तथा गैरसरकारी संरचना समेत दृष्टिबिहिन मैत्री बनाईनुपर्नेमा समेत जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै मल्लले यसअघि पनी नारायण नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउदै आगामी दिनमा पनी त्यसलाई निरन्तरता दिनेमा प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

नेपाल नेत्रहिन संघको आयोजना तथा अपाङ्गता पैरवी एवमं शसक्तिकरण केन्द्र दल्लु दैलेखको सहजिकरणमा भएको उक्त अभिमुखिकरण कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नेपाल नेत्रहिन संघका कर्णाली प्रदेश संयोजक सुरेश कुमार खड्काले शारिरिक रुपमा अशक्तता भएका व्यक्तिहरुका हक अधिकारका सम्बन्धमा जनप्रतिनिधी स्तरबाट स्थानिय सरकारका निती तथा कार्यक्रममा समेटिन सहज बनाउनका लागी कार्यक्रमको आयोजना गरिएकोे बताउनुभएको थियो ।

सहजिकरणमा जिल्लाका बिभिन्न स्थानिय तहका जनप्रतिनिधीहरु , नारायण नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत , शिक्षा शाखाका प्रतिनिधि सहित दृष्टि बिहिन भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नगर उपप्रमुख सावित्री मल्लले दृष्टिबिहिन लगायत नेपाल नेत्रहिन संघ का प्रतिनिधिहरु लाई दोसला ओढाएर सम्मान समेत गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस