• २०८१ मङ्सिर २२ गते शनिवार

सर्वसाधारणको स्वास्थ्यप्रति जागरुकता ल्याउन ‘एक टोल–एक योगा प्रशिक्षक’

पढ्न लाग्ने समय : १ मिनेट

असार १५, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले स्वस्थ शरीर तथा सकारात्मक विचारका लागि योगाका माध्यमबाट सर्वसाधारणको स्वास्थ्यप्रति जागरुक ल्याउन ‘एक टोल–एक योगा प्रशिक्षक’ राखिने जनाएको छ ।

पतंञ्जली योग समिति सुर्खेतको प्रथम वार्षिक साधारण सभालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दे वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै अध्यात्मिक भावना जागृत हुने भएकाले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा नै ‘एक टोल–एक योगा प्रशिक्षक’ तयार गर्ने कार्यक्रम राखिएको जानकारी दिए ।

‘एक टोल–एक प्रशिक्षक’ कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्न प्रदेश आयुर्वेद औषधालयसँगै पतंञ्जली योग समितिसँग समन्वय गरेर अगाडि बढिनेछ ।

कार्यक्रममा प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकाल, पतंञ्जली योग समिति कर्णाली प्रदेशका महामन्त्री जनकबहादुर शाही, प्रदेश सह–महामन्त्री हिरा आचार्य, जिल्ला अध्यक्ष शिवप्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस