असार १५,काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले खैरो हिरोईन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौँको मुख्य नाका चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगास्थित चेकजाँचको क्रममा खैरो हिरोईन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत थानकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले नेपालगंजबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना ८ ख १३४ नम्बरको यात्रु बाहक बसबाट खैरो हिरोईन (ब्राउन सुगर) बरामद भएको बताए ।
जिल्ला सुर्खेत गर्भाकोट न. पा. वडा नं. १३ घर हुुने वर्ष २७ को गोपाल परियारलाई लागुऔषध खैरो हिरोईनसहित पक्राउ परेको डीएसपी थापाले पुष्टि गरे ।
वृत्त प्रमुख थापाले कालो प्लाष्टिकमा लुकाईछिपाई लिई आएको लागुऔषध खैरो हिरोईन ११.१५ ग्राम परियारको साथबाट बरामद गरेको पुष्टि गरे ।
पक्राउ परेका परियारमाथि लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।