असार १५, काठमाडौं । राष्ट्रिय वृक्षरोपण दिवस २०७६ का अवसरमा नेपाल प्रहरीले देशभरका विभिन्न प्रहरी कार्यालय परिसरमा ४० हजार भन्दा बढी बिरुवा रोपेको छ । प्रहरी प्रधान कार्यालय लगायत देशभरिका प्रहरी कार्यालय परिसरमा आज विभिन्न जातका ४० हजार ८३० बिरूवा रोपिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सो क्रममा क्रिसमस ट्री, श्रीखण्ड, कपुर, तेजपत्ता, निबुवा, नासपाती, अम्बा, लिच्ची, आँपलगायत विभिन्न जातका गरी उक्त सङ्ख्यामा फलफूल लगायत अन्य बिरुवा रोपिएको थियो । प्रहरी प्रधान कार्यालयमा १० हजार र महानगरीय प्रहरी कार्यालय रानी पोखरी अन्तर्गत चार हजार बिरुवा रोपिएको थियो ।
काठमाडौँ लगायत सातवटै प्रदेश प्रहरी कार्यालयमा वृक्षरोपण गरिएको प्रहरीले जनाएको छ । वृक्षरोपण अभियान अन्तर्गत नेपाल प्रहरीले आजै सरसफाइ र सचेतनामूलक र्याली समेत आयोजना गरेको थियो ।