जेठ १६, काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्साका नायव सुब्बा बद्री प्रसाद दाहाल सहित ३ जना घुस रकम सहित पक्राउ परेका छन ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने रोशनकुमार रौनियार र सुनिल कुमार यादवले स्काभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुसमाग गरेका हुन ।विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिइ गएको टोलीले उनिहरुलाई सेवाग्राहीसँग रू. ३१,०००। घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको हो । उनिहरुलाई थप अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्साका नायव सुब्बा बद्रीप्रसाद दाहाल, शिखर इन्स्योरेन्स क.लि., तेस्रोपक्ष बिमा कलेक्सन काउण्टर, वीरगंज पर्साका लेखापढी व्यवसायी रोशनकुमार रौनियार र सोही काउण्टरमा काम गर्ने सुनिल कुमार यादव समेतको प्रत्यक्ष संलग्नतामा सेवाग्राहीलाई स्काभेटरको सवारीचालक अनुमतिपत्र बनाईदिन घुस रकम माग गरेका हुन ।
घुस लिएको स प्रमाण पुष्टि हुन आएको हुँदा उनिहरु बद्रिप्रसाद दाहाल, रोशनकुमार रौनियार र सुनिल कुमार यादव माथि नियम बमोजिमको सजायको माग लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।