काठमाडौ, १६ जेठ /सरकारले २०७६ जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
मुस्लिम धर्मावलम्बीहरुको चार्ड ईदुल फित्रको अवसर पारे सार्वजनिक विदा दिने निर्णय गरेको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताए । मुस्लिम आयोगको सिफारिसमा जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरिएको हो । इद उल फितर मुस्लिमलहरुले धुमधामले मनाउने गर्दछन् ।