• २०८० असोज ११ गते बिहिवार

काठमाडौंबाट घुस दिन ल्याइएको रकम सहित १ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, काठमाडौं । झापा, दमक न.पा.१६ घर भई हाल का.म.न.पा. १० बस्ने ब्यापार ब्यवसायी अभिसेक कार्की काठमाडौंबाट घुस दिन ल्याइएको रकम सहित पक्राउ परेका छन ।

उनले लागू औषध मुद्दा दर्ता भै अनुसन्धान प्रकृयामा रहेका प्रतिवादीहरू मध्ये धर्मेन्द्र लिम्बुलाई तारेखमा राखी थप अनुसन्धान नगर्न भनी कर्मचारीलाई घुस दिन खोजेका थिए ।महानगरीय प्रहरी वृत्त थानकोटको पत्र मार्फत प्राप्त सूचनाको अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले अभिसेक कार्कीले उक्त मुद्दाका अनुसन्धान अधिकृतलाई रू.१०,०००/- घुस रकम दिन खोजेको अवस्थामा चन्द्रागिरी न.पा.६ स्थित महानगरीय प्रहरी वृत्त थानकोटको कार्यालय प्रमुखको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस