- सागर थापा,
जेठ १६, दाङ । तुल्सीपुर यातायात ब्यबस्था कार्यालयको आफ्नो निजी भवन छैन सेवा ग्राहीहरुको कामको चाप बढी र अपाङ्ग मैत्री शौचालय र भवन नहुदा केही अपाङ्गलाई समस्या भएको छ । तुल्सीपुर यातायात ब्यबस्था कार्यालयमा दैनिक जसो ४०० सम्म सेवाग्राहीहरुको भिड भाड लाग्ने गर्दछ ।
नायब सुब्बा, खरिदार लगायत अन्य कर्मचारी बाहेक तीन जना शाखा अधिकृत र एक जना उपसचिव तहका कार्यालय प्रमुखको दरबन्दी रहेपनि बिगद १ बर्ष देखि निमित्त कार्यालय प्रमुख मित्र लाल ढकाल कार्यरत रहदै आएको र दैनिक कामकाजमा समेत सेवा ग्राहीहरुलाई छिटो छरितो काम भएको छ । कार्यालय प्रमुख ढकाल अनुसार पहिला एक्लै कार्यालयमा खटिनु पर्थियो भने अहिले त्यो नभएको बताए । विहानदेखि रातीसम्म भएपनि सेवा ग्राहीहरुको कामकाज प्रभावित हुन नदिन आफुहरु खटिएको प्रमुख ढकाले बताए। प्रदेश पिच्छे सवारी कर फरक–फरक भएकोमा केन्द्र तथा प्रदेशबाट लिखित निर्देशन प्राप्त नभएका कारण यातायात व्यवस्था कार्यालय तुल्सीपुरले अहिले फरक प्रदेशमा दर्ता भएको सवारी कर लिन मानिरहेका छैनन् ।
यातायात व्यवस्था कार्यालय प्रदेश सरकार अन्तर्गत आईसकेपछि सवारी कर बुझाउन सेवाग्राहीलाई केही सास्ती भएको छ । यातायात ब्यबस्था कार्यालयको आफ्नो भवन र अपाङ्ग मैत्री शौचालय भवन नहुदा यातायातमा आउने अपाङ्ग सेवा ग्राहीहरुलाई समस्या भएको छ । तुल्सीपुर यातायात ब्यबस्था कार्यालयका एक शाखा अधिकृत सुदर्शन शर्माले बताए ।