बैशाख १७, काठमाडौं । लामो समयदेखि स्तन क्यान्सरसङ्ग जुधिरहेकी राधिका न्यौपानेलाई इजरायलको आस्कलेन कलेज र आराभा कृषि तालिम केन्द्रमा अध्ययनरत साना किसान प्रशिक्षार्थीहरुले क्रमश रू.१,८०,००० र १,६८,८५० आर्थिक सहयोग गर्नुभएको छ ।
यसमा ३ वर्षीया बालिका अक्षिता खत्रीले गर्नु भएको सहयोग पनि समावेश छ । यसैगरी साना किसान विकास बैंक नेपालगंजका प्रबन्धक गणेश भट्टराई सहितको टिमले रू १५,००० सहयोग पठाउनु भएको छ । बैशाख १६ गते उक्त कुल सहयोग राशी रू३,६३,८५० राधिकालाई हस्तान्तरण गरिएको छ ।
राधिका न्यौपाने आफ्नो भविस्य साथै परिवारलाई खुसि राख्ने सपना बोकेर करिव १ वर्ष अघि आफ्नो शैक्षिक अध्ययनको लागी इजरायलको यात्रा तय गरेकि थिइन । राधिकाले इजरायलको किन्नरेट कलेजमा करिब २ महिनाको समय अध्ययनमा विताएकी थिइन । बिरामी भई अस्पताल जादा उनलाई स्तन क्यान्सर भएको पाईएको थियो ।