चैत्र १५,दाङ । वडा इनेस्पेक्टर : शर्मा सागर थापा दाङ जिल्लाको सुरक्षा क्षेत्रलाई मध्यनजर गर्दै संचालनमा आईरहेको विभिन्न ट्राफिक सचेतना गतिविधिहरु मध्ये ट्राफिक सुरक्षा र दुर्घटना रोकथाम र अपराधिक कार्यहरूको न्यूनीकरणको उदेश्यले ठालिएको वडा प्रहरी कार्यालय घोराहीले कार्वाही तीब्र सुरु गर्न थालेको छ ।
ध्वनी प्रदुषण बढाउने र मोटरसाइकलको रङ्ग र त्यसको आकार प्रकारमा फेरबदल गर्ने माथी यो कार्वाही गर्न थालेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख सशीधर शर्माले जानकारी दिएका छन् । उहाँको अनुसार मोटरसाइकल हर्न साइलेन्सर स्टिकर रंगरोगन इत्यादि जस्तो किर्या कलापलाई रोक्न प्रहरी यो अभियान थालेको हो ।
यस्ता किर्याकलापले गर्दा सवारी दुर्घटना र अपराधीक गतीबिधीमा वृद्धि हुने भएकोले यसको रोकथामको लागि आफुहरुले यो चेकजाच र कार्वाहीमा बढी ध्यान दिएको इनेस्पेक्टर शर्माले बताए यस्तो कार्य गरेको पाएमा कार्वाही थालेको र मोटरसाइकल मोडीफाई गर्ने मिस्टरी र सवारी साधन माथि कडा निगरानी एवं कर फेल चोरीको मोटरसाइकललाई समेत निगरानी गर्दै आएको बताएका छ्न ।
त्यस्ता ब्यक्तिलाई कार्वाही गरि मोटरसाइकल नियन्त्रणमा समेत लिएको पनि बताए। कयौं मोटरसाइकल चालक त चेक जाजको क्रममा फरार हुने पनि बताए । दाङ जिल्लाको पनि शान्ति सुरक्षालाई मध्यनजर गरि सन्चालनमा आइरहेकोे शान्ति सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत सवारी दुर्घटना र अपराधीक किर्याकलाप न्यूनीकरणको आधारमा यो अभियान थालेको पनि बताउनु भएको छ ।
अरु क्षेत्र भन्दा सुरक्षामा अलि बढी ध्यान दिनु पर्ने आवश्यकता रहेको कारण आफुहरु यस्मा बढी केन्द्रित रहि कार्यक्रम अगाडि बढाउदै गरेको वडा प्रहरी प्रमुख शर्माले बताए । पहिलेको तुलनामा यस्ता ट्राफिक नियमको उलंघन सवारी दुर्घटना र अपराधी गतीबिधी जस्ता कार्यमा कमी आए यश अभियानमा हामी सबैले साथ दिनु अवस्यक रहेको उनको भनाइ छ साथमा सयोगको अपेक्षा गरेका छन्