चैत्र १५, दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका ३ मेहेल्तोलीका हेमराज रेग्मी मृत फेला परेका छन् । ४७ वर्षिया रेग्मी शनिबार स्थानिय सान्ताडामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार उनको शव मेहेल्तोलीको भराईनीकटी धनधने सामुदायिक वनमा फेला परेको हो ।
प्रहरीका अनुसार मृतक रेग्मी विहिवार (चैत १३ गते) घरबाट मेहेल्तोली जानका लागि घरबाट निस्किएका थिए । घरबाट निस्किएको तीन दिनसम्म पनि घर नफर्कीएपछि परिवारले खोजी गर्दा उनको शव शनिवार विहान फेला परेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार अनुसार रेग्मीको मृत्युको कारण खुलेको छैन् । घटनाबारे प्रहरीले अनुसन्धान जारि राखेको छ ।