• २०८१ पुष २९ गते सोमवार

लोकेन्द्रबहादुर चन्दको पछुवा भ्यानले दियो स्कुटरलाई ठक्कर

पढ्न लाग्ने समय : १ मिनेट

चैत १६ , काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुुरक्षामा खटिएको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएर भागेको छ । घटनाको भिडियो सार्वजनिक भएपछि नेता चन्दले स्कुटर चालकलाई कुनै चोटपटक लागेको भए भेट्न जाने बताएका छन् ।

शुक्रबार साँझ बबरमहलमा चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पछुवा बा १ झ ९५२७ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएर भागेको थियो । इमरजेन्सी लाइट बाल्दै दौडिएको सशस्त्रको भ्यानको पछाडिको भागले स्कुटलाई छोएको थियो ।

https://www.youtube.com/watch?v=s9IRNKaqFAI

सामाजिक सञ्जालमा भेटिएको भिडियोमा देखिएअनुसार स्कुटर लडेपनि सशस्त्र प्रहरीको भ्यान रोकिँदैन ।महानगरीय ट्राफिक महाशाखाले घटनाबारे चासो देखाएको छ तर, स्कुटरमा को थिए ? उनीहरुको घाइते भए नभएको खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस