चैत १६, काठमाडौं । ९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुटेको छ । भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरेको अरुण तेस्रोमा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका हुन ।
सतलज कम्पनीसँग लगानीका लागि तीन बैंकले प्रतिवद्धता जनाएका छन । लगानी सम्मेलनमा यसका लागि लगानी जुटेको घोषणा भएको हो ।