• २०७९ साउन २७ गते शुक्रवार

सडक दुर्घटनामा परी अष्ट्रेलियामा झापाका आर्यन आचार्यको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, अष्ट्रेलिया । न्यु साउथ वेल्स, अष्ट्रेलियामा भएको कार दुर्घटनामा झापाका आर्यन आचार्यको निधन भएको छ ।

घटना ह्युमे हाईवेको अल्बरी नजिक अध्ययनका लागि अष्ट्रेलिया आएका पाँच विद्यार्थीहरु सिड्नीबाट मेलवर्न घुम्न जाने क्रममा दुर्घटनामा परेका हुन । दुर्घटना बिहिवार बिहान करिब ७: ३० बजे भएको थियो ।

सिड्नीबाट करीब ५५० किमिको दुरीमा भएको दुर्घटनामा घाइते भएका सवारी चालक वलराम पराजुलीको थप उपचारका लागि हवाई मार्गबाट क्यानबेरा पठाईएको छ । पछिल्लो सिटमा रहेका रोशन भेटवालको अवस्था सामान्य छ भने अभिषेक घिमिरे र विज्ञान सुवेदीको स्थानीय अल्बरी अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस