चैत १६, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ३ मा ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ आज शनिबार तिनपिप्ले टोल सुधार समितीले आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिहान १० बजे बाट सुरु भएको बृहत रक्तदान कार्यक्रम ब्लड डोनर एशोसिएसनको सहयोगमा भएको हो । वृहत रक्तदान कार्यक्रममा त्यस क्षेत्रका प्रतिनिधी सभा सांसद माननिय रामबिर मानन्धरले पनि रक्तदान गर्नुभयो । रक्तदानमा ५७ जना दाताद्धारा रक्तदान गरिएको संस्थाको अध्यक्ष स्यामप्रसाद गजुरेल ले जानकारी दिनुभयो ।
(फोटो फिचर )
https://youtu.be/pUcMveXGItk