चैत्र १६, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपालबार एसोसिएसनको आज चुनाब हुदैछ । आज हुन गईरहेको नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील,पेशागत तथा समाबेशी क़ानून ब्यवसायी समूह र बृहत् लोकतान्त्रिक टिमको बिचमा प्रतिष्पर्धा हुदैछ ।
प्रगतिशील,पेशागत तथा समाबेशी क़ानून ब्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र बृहत् लोकतान्त्रिक टिमको नेतृत्व अधिवक्ता सुनिल कुमार पोखरेल ले गर्दै हुनुहुन्छ ।
प्रगतिशील,पेशागत तथा समाबेशी क़ानून ब्यवसायी समूह ले विधिको शासन, मानव अधिकार, स्वतन्त्र जवाफदेही र भ्रष्टाचार मुक्त न्यायपालिका, व्यवसायिक हकहित तथा संवैधानिक सर्वोच्चतालाई कायम राख्न वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ को प्यानल लाई यहाँ हरुको अमूल्य मत प्रदान गरि बिजयि गराउनुहुन विनम्रतापूर्वक अनुरोध गरि प्रचार गरेको छ भने यसपालिको नेपाल बारको चुनाबमा सरकारको प्रभाव भन्दा अदालतलाइ स्वच्छ बनाउन बृहत् लोकतान्त्रिक टिमले अपिल गरेको छ ।