उसो त नेपाली चलचित्रका धेरै कार्यक्रमको औचित्य स्पष्ट छैन । कार्यक्रम किन गरिन्छ र केही रकम खर्च गरेर कार्यक्रम गर्दा के फाइदा भयो भन्ने निर्मातालाई पनि स्पष्ट छैन । तर, पनि बेतुकका कार्यक्रममा काठमाण्डौका हलमा प्राय हुन्छन् ।
साना भन्दा साना प्रचार सामाग्री सार्वजनिक गर्न पनि अहिले कार्यक्रम गर्ने त फेसन नै बनेको छ । मंगलबार काठमाण्डौमा आयोजना गरिएको चलचित्र ‘काजगपत्र’को कार्यक्रम पनि यस्तै समस्याबाट गुज्रियो । कलाकार र चलचित्रको निर्माणपक्ष उपस्थित भएको कार्यक्रममा गीत देखाउनु बाहेक अन्य त्यस्तो उल्लेखनिय काम केही भएन । कलाकारले चलचित्र नै सबै कुरा बोल्ने भन्दै अन्य कुरा खुलाउन मानेनन् । सायद, उनीहरुलाई चलचित्रको निर्माणपक्षले केही नबोल्न भनेको थियो होला ।

निर्धारित समय भन्दा करिब सवा एक घन्टा ढिलो सुरु भएको कार्यक्रममा मुख्य कलाकारहरु नायिका शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लक्ष्मी बर्देवा उपस्थित थिए । उपस्थित कलाकारलाई जब आफ्नो चलचित्रको बारेमा बोल्ने समय दिइयो सबैले एउटै बोली बोले, ‘आज हामी बोल्ने दिन हैन् । जे बोल्छ कागजपत्रले बोल्छ ।’ कलाकारले मात्र हैन्, निर्देशक अपिल विष्टले पनि केही बोलेनन् ।
उनले, उल्टै पत्रकारलाई गीत कस्तो लाग्यो भन्दै प्रश्न गरे । एउटा गीत मात्र देखाउनका लागि कार्यक्रम गर्नुको अर्थ खासै हुँदैन । onlinekhabar बाट साभार