पौष, १३ एजेन्सी । लेस्टर सिटीसँग पराजित भएपछि वेस्टहामले प्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई बर्खास्त गरेको छ ।
शनिबार राति भएको खेलमा लेस्टरले वेस्टहामलाई उसैको मैदानमा २–१ गोलले हरायो । घरेलु मैदानमा लेस्टरसँग हार खेपेसँगै प्रशिक्षक पेलेग्रिनी वर्खास्तीमा परेका हुन् । पेलिग्रिनी १८ महिनामै बर्खास्तीमा परेका हुन् ।
उनी सन् २०१८ को मे महिनामा तीन बर्षका लागि वेस्टहाममा अनुबन्ध भएका थिए । वेस्टहाम लिगमा पछिल्ला १२ खेलमध्ये नौ खेलमा पराजित भएको छ । लेस्टरको जितमा केलेची इहेनाचोले ४०औं र डेमाराई ग्रेले ५६औं मिनेटमा गोल गरे ।