• २०८१ बैशाख १३ गते बिहिवार

वैद्य समूहका नेता सीपी गजुरेल पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १३  काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बूढाथोकीले सिमा अतिक्रमणको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको बताए ।

माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको बताइएको छ।  सो क्रममा वैद्य माओवादीका अरु केही कार्यकर्ता पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस