• २०८१ बैशाख १३ गते बिहिवार

‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक (भिडियो सहित)

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १३ काठमाडौँ। ’भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । आनन्द कार्कीको स्वरमा रहेको उक्त गीतको भिडियोमा उदय बिक्रम थापा, उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पुर्णिमा लामा, हरि शाही, सुधा कार्कि, प्रतिमा थापालगायत कलाकारको अभिनय रहेको छ ।

भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा,तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको छ । उरारा सलिन कार्कीको शब्द रचना र हरि लम्सालको संगीत रहेको गीतमा राज लामिछानेले अनुवाद गरेका छन् । भिडियोमा क्यामेरा प्रेम लामा, ड्रोन राज पोखरेल, सम्पादन र निर्देशन टेकेन्द्र शाहको रहेको छ ।

भिडियो,

प्रतिक्रिया दिनुहोस