• २०८२ बैशाख १७ गते बुधवार

बालिका बलात्कार आरोपमा ६९ वर्षीय वृद्ध पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १३ रुकुम ।  रुकुम पश्चिमबाट १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक वृद्वलाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-९ झुलाका ६९ वर्षीय जसे दमाईले छिमकीकै १४ वर्षीया छोरीलाई आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीको आधारमा पक्राउब्ग्रेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

दमाइको गोठ नजिकै पीडित घाँस काट्न आएको बेला ललाइ फकाइ बोलाएर गोठभित्र लिएर दुई पटक जवरजस्ती करणी गरेको बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । जवरजस्ती करणीपछि कसैलाई नभन्नु भन्दै बालिकालाई उनले एक हजार रुपैयाँसमेत दिएको कुरा पीडित पक्षको दावी छ । पीडितको उजुरीको आधारमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस