• २०८० चैत्र ३० गते शुक्रवार

नेकपाले प्रदेश ३ को नाम र राजधानी टुंगो लगायो

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १३ काठमाडौँ । नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती  र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

प्रदेश ३ सरकारका एक मन्त्रीले  प्रदेशको नाम र राजधानी टुंगो लगाएको जानकारी प्राप्त भएको बताए । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।

प्रतिक्रिया दिनुहोस