• २०८१ चैत्र ५ गते बुधवार

नेपालमा पहिलोपटक ‘सुख सर्वेक्षण’ हुँदै

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १३ काठमाडौँ । नेपालमा पहिलोपटक ‘सुख सर्वेक्षण’ सातै प्रदेशमा गरिने भएको छ । यही फागुनदेखि सर्वेक्षण थालिने केन्द्रिय तथ्यांक विभागले जनाएको छ। तथ्यांक विभागका निर्देशक रामहरि गैरेका अनुसार प्रश्नावलीको पहिलो खेस्रा बनिसकेको छ ।

विज्ञहरुसित छलफलपछि सर्वेक्षण गरिनेछ । साथै यसलाई मूर्त रूप दिनको लागि अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययन र विभागबाहिरका विज्ञ र जानकारहरूसँग पनि थप छलफल तथा परामर्श गरिनेछ ।

यसको ‘स्याम्पल’ डिजाइनका विषयमा विज्ञ र विभाग स्तरभित्र अन्तरक्रिया तथा छलफल चलिरहेको उनले जानकारी दिए। उनले यसका लागि भुटानको खुसी सर्वेक्षण प्रश्नावाली, अन्तर्राष्ट्रियखुसीका सूचक तथा देशको परिवेश हेरेर आइडिया लिइएको बताए ।
यसका लागि राष्ट्रिय योजना आयोगसँग करिब डेढ करोड बजेट माग गरिएको छ ।

निर्देशक रामहरि भन्छन्, ‘बजेट आएपछि काम सुरु हुन्छ’। १८ वर्ष वा सोभन्दा माथि उमेरका व्यक्तिमा यो सर्वेक्षण गरिनेछ। सर्वेक्षण ५–५ वर्षको अन्तरालमा गरिनेछ । नेपालकै परिवेश सुहाउँदो प्रश्नहरु राखेर सर्वेक्षण गरिनेछ । यो आर्थिक वर्षदेखि सुरु गरिने सर्वेक्षण नेपालभरीको क्षेत्र तथा सबै वर्गको प्रतिनिधित्व हुने गरेर स्याम्पल डिजाइन गरिदैँछ। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस