• २०८२ बैशाख १७ गते बुधवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३ , काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन , नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउँदै थिए ।

दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस