मंसिर १३ , काठमाडौँ । गायक मौसम गुरुङ र सुनिल पाठकको स्वर रहेको ‘टुना मुना’ बोल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
पछिलो समयमा निकै चर्चित गायन र आधुनिक गीतमा निकै प्रभाव जमाएकी गायिका बिन्दु परियार, गायक मौसम गुरुङ र सुनिल पाठकको स्वर रहेको गीतमा दिपक बसन्त कार्कीको शब्द तथा संगीत रहेको छ ।
यस म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् भने अर्जुन तिवारलिे छायांकन गरेका हुन् । आशिष अबिरलको को म्युजिक एरेन्जमेन्टमा तयार गीतको भिडियोमा निकै लोकप्रिय अनुहारहरु दुर्गेश थापा र बर्षा शिवाकोटीको नृत्य तथा अभिनय रहेको छ ।
गीतको अडियो तथा भिडियो निकै उत्कृष्ट बनेको हुँदा सांगीतिक बजारमा यो गीतको माग निकै बढ्न सक्ने अनुमान लाउन सकिन्छ । रक्स कुशलको कोरियोग्राफि रहेको भिडियोको सम्पादन भने बिकाश ज्ञवालीको रहेको छ। भिडियोमा ;