• २०८२ बैशाख २९ गते सोमवार

वडा अध्यक्ष शेर्पाको निधन

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, १३ संखुवासभा। चैनपुर नगरपालिका–२ का वडा अध्यक्ष काजी शेर्पाको गएराति ५१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

 वडा अध्यक्ष शेर्पाको बिहीबार राति १२ बजेतिर उहाकै निवास मयुममा निधन भएको नगर प्रमुख भरत खत्रीले बताएका छन् । क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनाअघिदेखि उपचार गराइरहेका थिए ।

२०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष बनेका थिए । मृतक शेर्पाको मयुममानै  आज दिउँसो अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस