मंसिर १३ ,झापा। जिल्लाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । गएराति वडा नं ७ का ५५ वर्षीय काया राय क्षेत्रीलाई स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक क्षेत्री सोही सामुदायिक वनको भवनमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका उनको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको बताइएको छ ।