• २०८२ जेष्ठ १ गते बुधवार

चोरीको मोटर साईकल सहित तीन जना बर्दिया प्रहरीको नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट
  • .सागर थापा

मङ्सिर१३,काठमाडाै। जिल्ला प्रहरी कार्यालय बर्दिया र जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको सयूक्त सवारी चेकजाँच टोलीले सवारी चेकजाँच गर्ने क्रममा विभिन्न स्थानमा बस्ने ब्यक्तिहरुले विभिन्न नम्बर प्लेटको मोटरसाईकल चलाएको हुँदा बिल बुक माग्ने क्रममा तीन जनाको बिल बुक नहुदा अनुसन्धान गर्दा चोरी गरि चलाएको हुँदा उक्त मोटरसाईकल र तीन जना ब्यक्तिहरुलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ ।


जिल्ला बर्दिया बढैयाताल गा.पा.वडा नं.८ बस्ने बर्ष २९ को राम बहादुर नेपालीले चलाएको भे.९ प. ३७४५ नम्बरको रातो कालो रङको १५० सि.सि.को पल्सर मोटरसाईकल २ ऐ ऐ बस्ने बर्ष ३३ को दिनेश ढकालले चलाएको भे. ७ प. ४७७३ नम्बरको रातो कालो रङको १५० सि.सि.को पल्सर मोटर साईकल ३ ऐ ऐ बस्ने बर्ष ३३ को अशोक क्षेत्रीले चलाएको भे. ९ प. ९०९६ नम्बरको रातो कालो रङको १५० सि.सि.को पल्सर मोटरसाईकल सहित तीन जना बर्दिया प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक मुद्दा शाखा प्रमुख लक्ष्मण वलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस