• २०८१ जेष्ठ ११ गते शुक्रवार

चीनमा दुर्घटना हुँदा ३६ जनाको मृत्यु, ३६ घाइते

पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, चीन । चीनको पूर्वी जिङसु प्रान्तमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए ।

यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिस सहित आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस