असोज १२, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन आइतबार घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ ।
घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोकामा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखिएको छ ।
बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा दशैंघरमा बैदिक पूजापाठसहित जमरा राखिएको हो ।
प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदा देखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ।
असोज २१ गते मङ्गलबार विजयादशमीका दिन बिहान ८ः ४५ बजे देवी विसर्जन गरेपछि १०ः ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।