आश्विन १२ काठमाडौँ, । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक गाडी रुट परमिट बिना नै देशभर जहाँ पनि चल्न असोज १२ गतदेखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो ।
दशैँ, तिहार र छठका लागि काठमाण्डौ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरिएको विभागले जनाएको छ । विभागले १२ गतेदेखि १९ गतेसम्म सामान बोकेर नारायणगढको बाटो हुँदै काठमाडौँ भित्रिने ठूला गाडी सञ्चालनमासमेत रोक लगाएको छ ।