• २०८१ माघ २६ गते शनिवार

बस पल्टिदा धादिङमा ५ जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १२ धादिङ,।आइतबार बिहान नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसीका लागि छुटेको बा ४ ख ५७९३ नम्बरको बस केराम्जामा दुर्घटना हुँदा नेत्रावती डबजोङ ५ का ५८ वर्षीय दल बहादुर तामाङ र ६९ वर्षीया हस्त कुमारी तामाङ गम्भीर घाइते भएका छन् ।

सोही स्थानकी २० वर्षीया लक्ष्मी गुरुङ, ४५ वर्षका चेन्डे दमाई ६० वर्षकी शान्तमाया गुरुङ घाइते भएका छन् । घाइतेहरू सबैको उद्धार गरी जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।बस अत्यधिक गतिमा रहेको अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको घाइतेहरूले बताएका छन् । बसका चालक र सहचालक दुर्घटना पछि फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस