आश्विन १२ काठमाडौँ। आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।