आश्विन १२ कैलाल, कैलालीमा शनिबार साँझ गोदावरी नगरपालिका-२ पहाड रोडमा ना १ क ७८४१ नम्बरको ट्रकको ठक्करबाट पैदल हिडी रहेकी कञ्चनपुरको भिमदत्त नगरपालिका-९ बर्मदेवकी ७० बर्षीया मानमती भट्टको मृत्यु भएको छ ।
उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।