भदौ १२, काठमाडौ । रियालटी शो ‘द भ्वाइस अफ नेपाल’ का प्रतियोगी सुशील गर्तौलाले पहिलो गीत ‘पहिलो यो माया’ को म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
गीतमा शब्द धन बहादुर गोपाली र संगीत श्री केसीको छ भने गीतको म्यूजिक भिडियोमा मोडेल शेखर सुवेदी र समीक्षा पोखरेलको अभिनय देख्न सकिन्छ । गीतको भिडियो पनि आकर्षक बनेको छ ।
उत्सव दाहालको छायाँकन रहेको यो भिडियोमा निर्देशन प्रकाश धितालले गरेका छन् । सन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।