• २०८१ चैत्र २ गते आइतवार

नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद सरिता गिरी द्धारा अस्वीकार

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२ ,काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार गरेकी छन् ।वैवाहिक अंगीकृत नागरिक भएकै कारण आफूलाई संविधानले नै विभाग गरेको भन्दै उनले यो पद अस्वीकृत गरेकी हुन् । यो पदमा मनोनित गर्नु आफूलाई विशेष सम्मान भए पनि संविधानले नै विभेद गरेकाले आफू अनुपयुक्त भएको उनको तर्क छ ।

पञ्चालय कालमा आफूले वैवाहिक अंगीकृत नागरिकता बनाउँदा राजनीतिक अधिकार बराबरी भएको र ०४६ र ०६३ को संविधानले पनि त्यसलाई कायम राखेको थियो तर ०७२ को संविधानले त्यो अधिकार कटौती गरेको र तिमी फरक नागरिक छौं भनेको उनले बताइन् ।‘नेपाल मेरो देश हो, मेरो घर हो । तर विश्व राजनीतिको रंगमञ्चमा नेपालको प्रतिनिधित्व गर्न कुनै न कुनै छेकबार छ ।’ बिहीबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले भनिन्, गुमाएको अधिकार प्राप्त नहुँदासम्म पार्टी र जनताले दिएको बाहेक कुनै पनि पद नलिने गिरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस