,भाद्र १२ काठमाडौँ। राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् ।परराष्ट्र सचिव शंकर बैरागीले बताए अनूशार तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको छ ।
प्रधानमन्त्री ओली हाल स्वाथ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभसिंटी हस्पिटलमा छन् ।अझै एक सातासम्म उपचारका क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शरीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको हो ।