भदौ १२ काठमाडौं ,सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् ।प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत गत शुक्रबारदेखि उपचार थालेका थिए ।
प्लाज्मा फेरेसिस् उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।रिमालले बताएअनूशार शुक्रबारबाट नयाँ विधिबाट थालिएको उपचारबाट प्रधानमन्त्रीको स्वास्थ्यलाभ भइरहेको छ उनको अवस्था अहिले सामान्य छ । प्रधानमन्त्रीको उपचार अर्को सातासम्ममा पूराहूने जानकरी दिनूभयो
प्रम सँगै सिंगापुर गएकी उनकी निजी चिकित्सक डा। दिव्यासिंह शाह भने बुधबार नै स्वदेश फर्किएको रिमालले बताउनू भयो । उपचार प्रक्रिया चलिरहेका बेला शाह किन फर्किइन् भन्नेबारे भने उनले केही खुलाएका छैनन् ।मिर्गौला समस्याबाट पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत साता सिंगापुर प्रस्थान गरेका थिए । उनको नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको र उपचारका क्रममा विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।