- बिनोद दर्नाल
भदौ १२, काठमाडौं । कार्तिक ८ अर्थात दिपावलि को अवसरमा मल्टीस्टारर फिल्म ‘पोइ पर्यो काले’ प्रदर्शनमा आउँदैछ । फिल्मको शूटिङ्ग सकिन अगाडि नै यती धेरै कुनै फिल्म को चर्चा छ् भने त्यो फिल्म को नाम हो ‘पोइ पर्यो काले’ ।
यही फिल्मको एउटा गीत यतिबेला काठमाडौंको बालाजु स्थित चलचित्र विकास कम्पनीको स्टूडियोमा बढो ताम्झामका साथ छायांकन गरिएको छ । उक्त स्टूडियोभित्र भव्य सेट लगाएर फिल्मको गीत खिचिएको हो । अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर र नृपेश उप्रेतीको शब्द रहेको यस गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।
जहाँ कोरियोग्राफरले फिल्मका प्रमुख कलाकार सबैलाई स्थान दिएकाछन् । गीतमा सबै कलाकार एकसाथ देखाइए पनि फिल्ममा को कस्को जोडी भन्ने कुरा गोप्य नै छ । फिल्मको मुख्य कथा सौगात मल्लको वरिपरि घुमेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् भने राजिव गुरुङ र सरोज नेपालीको संयुक्त्त लगानी रहेको छ भने अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् ।
कलाकार सौगात मल्लको अनुसार फिल्म कमेडी जनरामा बनेको र सबै दर्शकले मन पराउनेछन् । फिल्ममा सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ । पहिलो पटक सौगात मल्ल, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ र आकाश श्रेष्ठले स्क्रिन साझेदारी गरेका कारण यो फिल्मको दर्शकमा निकै प्रतिक्षा छ ।
फिल्म यही दिपावलिको अवसरमा कार्त्तिक ८ गते देशभर एकसाथ प्रदर्शनमा आउने बताइएको छ ।