• २०८१ जेष्ठ १० गते बिहिवार

मिरुलको माराखर्कमा थ्री जीसहितको नमस्तेको टावर सुचारु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १२,थबाङ । थवाङ गाउँपालिका वडा नंम्बर ३ मिरुलको माराखर्कमा थ्री जी सहितको नमस्ते फोन बुधबारबाट सन्चालनमा आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का प्रभावशाली युवा नेता तथा नेपाल सरकारका जलस्रोत,सिचाई तथा उर्जा मन्त्री बर्षमान पुन (अनन्त),पुर्व सभामुख ओनसरी घर्तीले बिशेष पहलमा टावर जडान कार्य सम्पन्न भई सन्चालनमा आएपछि मिरुलबासी सन्चारको पहुचमा पगेका हुन ।

सबै ठाउमा सन्चार क्षेत्रको पहुच नपुगेको थबाङ गाउँपालिकामा नेपाल टेलिकम अन्र्तगत नमस्तेको टावर सन्चालन आएयता अब थवाङ गाउँपालिकाको सबै ठाँउमा सन्चारको पहुच पुगेको छ ।

फोन गर्नकै लागि घण्टौ समय हिडेर डाँडामा जानु पर्ने बाध्यता हटेको छ साथै मिरुल आसपासका सबै ठाउँमा नमस्तेको फोन बाट सहजै नेटवर्कले काम गर्ने छ ।

प्रतिक्रिया दिनुहोस