• २०८१ माघ २६ गते शनिवार

टानको अध्यक्षमा कुमार थापालाई सर्बसम्मत उमेद्धवार बनाउने घोषणा

पढ्न लाग्ने समय : १ मिनेट
  • सन्तोष बानिया

भदौ १२,काठमाडौं । नेकपा निकट पर्यटन ब्याबसायी संगठनले आगामी सेप्टेम्बर ६ तारिकमा हुन गइहरेको टानको निर्बाचनको निम्ति अध्यक्षमा कुमार थापालाई सर्बसम्मत उमेद्धवार बनाउने घोषणा गरेका छन ।

यस अघि मदन आचार्य नेतृत्व ( पूर्व एमाले ) को पर्यटन संगठन ले पर्यटन ब्याबसायी मुक्ति पाण्डेलाइ उम्मेदवार घोषणा गरेको थियो। पर्यटन क्षेत्रमा पूर्व एमाले तर्फ (दुइ गुटमा )मदन आचार्य नेतृत्वको नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठन र सिताराम सापकोटा नेतृत्वको पर्यटन व्यावसायी संगठन नेपाल क्रियाशील छन भने पूर्व माओबादि तर्फ नवराज दाहाल नेतृत्वको नेपाल पर्यटन व्यावसायी संगठन क्रियाशील रहेको छ।

श्रोतको जानकारी अनुसार यी तिनै संगठनले कुमार थापालाई सर्बसम्मति रुपमा अध्यक्ष बनाउने सहमति गरेका हुन्। कुमार थापा टानका पुर्ब कोषाध्यक्ष पनि हुन्। कांग्रेस पर्यटन ब्याबसायी संगठनको तर्फ बाट खुम बहादुर सुबेदीलाइ अध्यक्ष बनाउने यस अघिनै घोषणा भएको हो। दुवै उम्मेदवार नेपालको पर्यटन क्षेत्रका चिर परिचित व्यक्तित्व हुन्।

टानको निर्बाचन यहि आगामी सेप्टेम्बर ६ तारिकको दिन होटल सोल्टीमा हुदै छ।

प्रतिक्रिया दिनुहोस