- सागर थापा/कृष्ण चौधरी
साउन १३, बाँके । बाँके जिल्लाको कुसुम ट्राफिक प्रहरीले सावरी जाँच मात्रै नभइ अपराधिक गर्नेलाई पनि घोक्रेठ्याक लगाउन सक्छन भन्ने कुरा आज फेरि बाँकेमा दुई जना ट्राफिक प्रहरीले देखाएका छन् ।
राप्तीसोनारी गाउँपालिकाको कुसुम बजारमा ट्राफिक प्रहरी ट्राफिक हवल्दार राम बहादुर बिष्ट र जवान गेहेन्द्र केसीले लागू औषधसहित दुईजनालाई पक्राउ गर्न सफल भएका छन। चेकजाँच गर्ने क्रममा सोमबार साझ पहुने ६ बजे घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २५ बर्षका महेन्द्र बिश्वकर्मा र सोही ठाउकै १८ बर्षका अबिशेक थापाको साथ बाट २० पत्ता लागू औषध बरामद गरेका हुन् । “हाम्रो टोलिले कुसुममा चेकजाँच गर्ने क्रम नेपालगन्जदेखि घोराही तर्फ जाँदै गरेको रा १ प ६३४५ नम्बरको मोटरसाइकलमा सवार ब्यक्तिहरुसग कागजपत्र देखाउन भन्दा उनिहरु नसामा लठ्ठीए झै लाग्यो। उनिहरुलाई चेक गर्न खोज्दा तपाईहरु प्रहरी होइन, तपाई हरुलेे चेक गर्ने अधिकार छैन् भने तर हामी प्रहरी हो र तपाईहरुलाई खान तलासी गर्न पाउने अधिकार छ भनेपछि उनिहरु लगाएको कपडा भित्रबाट लागू औषध बरामद गरेका हौ।
हवल्दार बिष्टले भने पक्राउ परेका दुबै जनालाई उनिहरुले ट्राफिक प्रहरी नायब निरीक्षक तेज बहादुर रानालाई बुझाउदै कुसुम प्रहरीका प्रहरी नायब निरीक्षक लक्ष्मण ऐरलाई जिम्मा लगाएका थिए।यसअघि पनि बिष्ट र केसीले नेपालगन्जको पुष्पलाल चोकबाट १९ हजार रुपैयाँसहित एक जना पाकेटमारलाई पक्राउ गरेका थिए।